समाचार

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित २ चिनियाँ महिला पक्राउ



काठमाडौँ, ९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक अवैध सुनसहित पक्राउ परेका छन् ।

उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना चिनियाँ महिलाहरू हुन् । उनीहरू क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट गएराति काठमाडौँ आएका थिए । यसबारे थप विवरण खुल्न बाँकी छ ।