काठमाडौँ, ९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि १३ सम्म भुटानको गेलेफुमा आयोजना हुने पुरुष टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल ‘ए’ टोली घोषणा गरेको छ ।
क्यानले सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यस सिरिजमा नेपाल ‘ए’, आयोजक भुटान, बहराइन, थाइल्याण्ड र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल ‘ए’ टोली सन्तोष यादव (कप्तान), युवराज खत्री, अर्जुन घर्ती मगर, दिपेश कँडेल, अभिषेक पाल, विवेककुमार यादव, प्रकाश जैसी, दिपक डुम्रे, अभिषेक तिवारी, इमरान शेख, अशोक धामी, प्रतिश जीसी, रुपेश सिंह र विशाल सुस्लिङ रहेका छन ।










प्रतिक्रिया दिनुहोस्