Banner News

रास्वपाले सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने



काठमाडौँ, १० मंसिर । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातै प्रदेशमा नीति र नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीका प्रवक्ता जगदीश खरेलले दिएको जानकारीअनुसार आइतबारदेखि सङ्गठन सुदृढीकरण, पार्टीको नीति र नेतृत्वका विषयमा केन्द्रित रहेर उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सातै प्रदेशमा सञ्चालन हुने कार्यक्रममा पार्टीको केन्द्रीय नेतृत्वको समेत सहभागिता रहने उनले जानकारी दिए । प्रशिक्षण कार्यक्रमका क्रममा सङ्गठन सुदृढीकरण सँगसँगै आगामी स्थानीय तहको निर्वाचन तयारी लगायतका विषयमा समेत छलफल गरिनेछ ।