समाचार

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ



काठमाडौँ, १० मंसिर । काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ठमेलको स्नोलाइन होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल काठमाडौँको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम छन् । उनीहरू बुधबार पक्राउ परेका हुन् ।

प्रहरीले ५० लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको छ । आरोपीहरूको साथबाट ४ हजार २१५  ओमन रियाल र ५५ अरब दिराम पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।