काठमाडौँ, ११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । आङ्देम्बेले सरकारको यस्तो कार्य निन्दनीय रहेको पनि बताए ।
उनले देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई पहिले जग्गाको टुंगो लगाएर मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।
आङ्देम्बेले भनेका छन्, ‘व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्यो । अहिले हिउँदको कठ्याङ्ग्रिँदो मौसममा भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट समेत हटाउन खोजिँदैछ । यो निन्दनीय छ । देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई पहिले जग्गाको टुंगो लगाइयोस् । उनीहरूको आवास सुनिश्चित गरियोस् । त्यसपछि मात्र व्यवस्थापनको प्रक्रिया अघि बढाइयोस् । वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्याउने अधिकार सरकारलाई छैन । राज्यको जिम्मेवारी नागरिकको आश्रय खोस्ने होइन, आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने हो ।’










प्रतिक्रिया दिनुहोस्