अर्थ

बढ्यो सुनको मूल्य



काठमाडौँ, ११ मंसिर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ३ हजार ७५ रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार १९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख १० हजार ९९० रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ७३९ रुपैयाँ कायम भएको छ ।