पर्सा, ११ मंसिर । वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा ९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिकाका विजय अग्रवाल, सन्तोषकुमार यादव, अनुरागकुमार, दीपक साह, पर्सागढी गाउँपालिकाका दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका गुन्जमान मोक्तान, सिन्धुलीको मरिण गाउँपालिकाका विनोदकुमार र काठमाडौँको शंखरापुर नगरपालिकाका राजेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।
यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका तिलकप्रसाद भट्ट, पर्साको वीरगञ्ज महानगरपालिकाका प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका दीपकराज पराजुली रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्