काठमाडौँ, ११ मंसिर । बजारमा अम्बाको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार अम्बाको भाउ बढेको देखाएको हो ।
आज कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो औसत १ सय ६५ रुपैयाँ बढेको छ । हिजो बिहीबार अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो ।
आज भने अम्बा थोकमा प्रतिकिलो न्यूनतम २ सयदेखि अधिकतम ३ सय र औसत २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्