सुर्खेत, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन् ।
रास्वपाले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै लामिछानेले विकासलाई निर्वाचनको परिणामसँग जोड्न नहुने बताएका हुन् ।
उनले आफ्नो पार्टीले उम्मेदवार जिताए मात्रै विकास दिने वा पुल र सडक बनाउने आश्वासन दिएर मत माग्ने राजनीति नगर्ने बताए । उनले कर्णालीमा पार्टीको आवाज दूरदराजसम्म पु¥याउन नसकेको र अन्य प्रदेशको तुलनामा संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गरे ।
उनले भने, ‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं । हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं, हाम्रा मान्छेलाई जितायौ भने पुल बन्छ, बाटो बन्छ भनेर कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौं ।’










प्रतिक्रिया दिनुहोस्