Banner News

स्थानीय चुनावमा तल्लो तहकै सिफारिसका आधारमा उम्मेदवार छान्नुपर्छ: उपमहासचिव भट्टराई



काठमाडौँ, १२ मंसिर । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी स्थानीय चुनावमा गुटबन्दी भन्दा माथि उठेर पार्टी सदस्यको विवेक, स्थानीय अवस्था र तल्लो तहकै सिफारिसका आधारमा उम्मेदवार छान्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरे । कसैसँग नबोल्ने, अन्तर्क्रिया नगर्ने बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन् ।

उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेन शाहको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण गरे । भट्टराईले विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा यस्तै सम्झौता गर्दा विरोध हुने गरेको तर बालेन शाहको भ्रमणमा भने बुद्धिजीवीहरूले प्रशंसा गरेकोप्रति आशङ्का व्यक्त गरे ।