पूर्वी अफगानिस्तानको एक विद्यालयनजिक भएको विस्फोटमा सात बालबालिकासहित १० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।
बीबीसीका अनुसार शनिबार बिहान करिब १० बजे कुनार प्रान्तको राजधानी असदाबादस्थित अन्दारसैर क्षेत्रमा विस्फोट भएको हो । स्थानीय अधिकारीहरूका अनुसार विद्यालयसँगै जोडिएको एक घरमा खानीमा विस्फोट गराउन प्रयोग गरिने पदार्थ भण्डारण गरिएको थियो । उक्त घरमा स्थानीय बासिन्दाले प्रयोग गर्ने विस्फोटक सामग्री राखिएको बताइएको छ ।
तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले प्रारम्भिक अनुसन्धानमा विस्फोटक पदार्थ भण्डारणस्थलमा भएको लापरवाहीका कारण घटना भएको देखिएको बताएका छन् । घटनाको विस्तृत विवरण संकलन गर्न थप अनुसन्धान भइरहेको उनले बीबीसीलाई बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्