बैतडी, १२ मंसिर । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडीको डिलाशैनी गाउँपालिका–४ द्वरी बस्ने ६८ वर्षीय मोहन सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिहान अस्थायी प्रहरी पोस्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको हो । मोहनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्