काठमाडौँ, १ फागुन । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार माघ २९ गतेसम्म सो बराबर राजस्व सङ्कलन भएको हो । यो सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघ मसान्तसम्म ६ खर्ब ४२ अर्ब ४५ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
मन्त्रालयका अनुसार माघ मसान्तसम्म कुल ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । सात महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८१.६१ प्रतिशत मात्र प्रगति हासिल भएको छ ।






प्रतिक्रिया दिनुहोस्