काठमाडौँ, २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीको पावन अवसरमा चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाईएको छ ।
महाशिवरात्रीलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूह सहितको महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ ।
भोलि महाशिवरात्रीमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा महाआरती लगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशिर्वाद ग्रहण गर्न सक्नेछन् ।










प्रतिक्रिया दिनुहोस्