काठमाडाैँ, २ फागुन । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बुटवलबाट पाल्पातिर आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको लु२ख १८८३ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार नामथर नखुलेका एक पुरुष र महिला घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको हो ।
उक्त टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
14 February 2026 17:10 PM










प्रतिक्रिया दिनुहोस्