जाजरकोट, ३ फागुन । चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ ।
बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्