समाचार

पशुपति क्षेत्रबाट उच्छृङ्खल गतिविधि गर्ने १३८ जना पक्राउ



काठमाडौँ, ३ फागुन । पशुपति क्षेत्रबाट उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १३८ जनालाई नियन्त्रणमा लिइएको हो ।

पाकेटमार्ने, उच्छृङ्खल गतिविधि गर्ने, धकेला धकेल गर्ने, गाँजा सेवन गर्ने गरी १३८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

शिवरात्रीको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पशुपति क्षेत्रमा सुरक्षा प्रदान गरिएको प्रहरीले बताएको छ ।