काठमाडौँ, ५ फागुन । गुल्मीमा बोइलर कुखुराको मासुको मूल्य बढेको छ ।
यसअघि प्रतिकिलो ४२० रुपैयाँमा बिक्री हुँदै आएको कुखुराको मासु अब बढेर प्रतिकिलो ४४० रुपैयाँ पुगेको छ ।
गुल्मी उद्योग वाणिज्य संघ मा सरोकारवालाबीच भएको छलफलले कुखुराको मासुको नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । पछिल्लो समय तम्घास बजारमा कुखुराको अभाव देखिएको छ ।
मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष लिलबहादुर बस्नेतका अनुसार कुखुरा पाल्ने कृषकहरूको संख्या घट्नु र आपूर्ति कम हुनु मूल्य वृद्धिको मुख्य कारण भएको बताए । तीन महिनाअघि पर्याप्त उत्पादन हुँदा मासुको मूल्य ४४० रुपैयाँबाट घटाएर ४२० रुपैयाँ कायम गरिएको थियो ।
बजारमा उपभोक्ताको माग बढ्दो भए पनि आपूर्ति पर्याप्त नहुँदा मासुको अभाव सिर्जना भएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्