काठमाडौँ, ५ फागुन । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षे खिच्ने भएको छ ।
राष्ट्र बैंकले ८९ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल मंगलबार (फागनु ५) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने आगामी जेठ ३ गते हुने बताइएको छ ।
17 February 2026 12:12 PM









प्रतिक्रिया दिनुहोस्