काठमाडौँ, ५ फागुन । वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामालाई पक्राउ गरेको हो । उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरेको आरोप प्रहरीको छ ।
पक्राउ परेकी उनलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।









प्रतिक्रिया दिनुहोस्