काठमाडौँ, ६ फागुन । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएको जनाएको छ ।
जसमध्ये १५ वटा घटना आगलागीका मात्रै छन् । असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ । हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलानीका घटना भएको पाइएको छ ।
प्राधिकरणका अनुसार, तेह्रथुम, संखुवासभा, मोरङमा एक/एक आगलागीका घटना हुँदा सिरहा, सर्लाही र स्याङजामा दुई/दुई वटा आगलागीका घटना भएका छन् । यस्तै, बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ ।
संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोका घटना भए । त्यस्तै, बैतडीमा जनावरको आक्रमणको घटना भएको छ ।
विपदमा परेर ६ जना घाइते भए भने ३४ लाख १२ हजार बराबरको क्षति भएको छ ।









प्रतिक्रिया दिनुहोस्