समाचार

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ



काठमाडौँ, ६ फागुन । शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।