म्याग्दी, ६ फागुन । अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु तीन करोड ८८ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिइन् । दुई सय जनाभन्दा बढी किसानले न्यूनतम रु ५० हजारदेखि रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु २० लाखको सुन्तला बिक्री गरेका छन् ।
वडा नं १ दोवामा रु ७० लाख, वडा नं २ भुरुङ–तातोपानीमा रु ३९ लाख, वडा नं ३ दानामा रु २१ लाख, वडा नं ४ नारच्याङमा रु १० लाख, वडा नं ६ घारमा रु ६० लाख र वडा नं ७ हिस्तान दोसल्ले र औलामा रु एक करोड ८८ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको उनले बताइन् ।









प्रतिक्रिया दिनुहोस्