सर्लाही, ७ फागुन । ईश्वरपुर नगरपालिकास्थित खिलामा तीनवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।
भारतमा दर्ता भएका मोटरसाइकल एकापसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए ।
दुर्घटना गएराति भएको दुर्घटना भने अन्य दुई जना घाइते भएका छन् । सोही स्थानका विक्रम राय र रामविश्वास राय घाइते भएका छन् । उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया दिनुहोस्