समाचार

मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु



धनगढी, ९ फागुन । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीनजनाको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुप प्र०१/०१०३१८७ नम्बरको मोटरसाइकल चालक  धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली रहेको प्रहरीले जानकारी दियो । सोही मोटरसाइकलमा पछाडि बस्ने गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन ।

यस्तै, सुप प्र०१/००९प७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको छ । मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किंदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।