काठमाडौँ, ११ फागुन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदीनजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक छन् ।
बसमा ४४ जना सवार रहेको बताइएको छ । बाँकी घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो ।
दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ ।










प्रतिक्रिया दिनुहोस्