समाचार

१२ लाख बराबरको धनमाल चोरी



काठमाडौँ, १२ फागुन । मोरङको विराटनगर महानगरपालिका–१० स्थित शान्तिचोकमा एक घरबाट लाखौँ मूल्यको धनमाल चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय सीता श्रेष्ठको घरलाई निशाना बनाउँदै चोरले करिब १२ लाख रूपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना र अन्य धनमाल चोरी गरेको हो । 

सोमबार भएको उक्त चोरीको घटनाको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेर प्रहरीले प्रारम्भिक मुचुल्का उठाएको छ । 

चोरी भएको धनमालको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको र यसमा संलग्नहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।