काठमाडौँ, १४ फागुन । नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त धक्काको केन्द्रविन्दु नेपाल–भारत (सिक्किम) सीमा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, यही फागुन ११ गते बिहानबाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।










प्रतिक्रिया दिनुहोस्