समाचार

बलात्कार आरोपमा एकजना पक्राउ



काठमाडौँ, १९ फागुन । बलात्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगपालिका–९ बस्ने ५० वर्षीय ज्ञानबहादुर चौहानलाई सोमबार पक्राउ गरेको हो । 

पीडित युवतीको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले चौहानलाई पक्राउ गरेको हो ।

यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।