काठमाडौँ, २० फागुन । बुधबार एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा २७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५४० रुपैयाँमा झरेको छ ।










प्रतिक्रिया दिनुहोस्