काठमाडौँ, २५ फागुन । सेयर बजारमा तेस्रो सर्किट लागेको छ । आज कारोबार खुले लगत्तैको ४ प्रतिशतले बढेर २० मिनेटका लागि रोकिएको बजार फेरि खुलेपछि थप १ प्रतिशतले बढेपछि अर्को सर्किट लागेको थियो । योसँगै बजार ४० मिनेट बन्द भएको थियो ।
यसपछि खुलेको बजार एक मिनेटभन्दा कम समयमा थप १ प्रतिशत बढेपछि तेस्रो सर्किट लागेको हो । योसँगै आज दिनभरका लागि कारोबार बन्द भएको छ ।
आज बजार १६२.९३ अंकले बढेर २८७५.४३ अङ्कमा पुगेको छ । बजारमा आज २५३ कम्पनीको मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिलको मूल्य मात्रै घटेको छ ।
आज बजारमा मुस्किलले २ मिनेट मात्रै कारोबार भयो । यो अवधिमा ५१ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।









प्रतिक्रिया दिनुहोस्