समाचार

कारागारबाट भागेका थप एक कैदी पक्राउ



काठमाडौँ, ५ चैत । जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थप एक जना कैदी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले बुधबार काठमाडौंको कलंकी क्षेत्रबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार, तनहुँको देवघाट गाउँपालिका–१ क ५६ वर्षीय विष्णु बहादुर गुरुङ पक्राउ परेका हुन् ।

उनी अवैध रुपमा ‘बाघको छाला बिक्री व्यवसाय’ गरेको मुद्दामा पक्राउ परेका थिए ।