काठमाडौँ, १२ चैत । नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आजसम्म विद्यालय तहका लागि तोकिएको लक्ष्यको ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरणको तयारी सुरु गरेको छ ।
शैक्षिक सत्र सञ्चालन हुनुअघि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध हुने केन्द्रले जानकारी दिएको छ । करिब ४५ लाख विद्यार्थीका लागि अनुवाद पुस्तक र ऐच्छिक विषयसमेत गरी कुल एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य रहेकामा अधिकांश पुस्तक छपाइ भइसकेको छ ।
केन्द्रले तोकिएको कक्षाहरूका लागि ३८ अनिवार्यसहित १६० विषयका पाठ्यपुस्तक उत्पादन गरिसकेको छ । केन्द्रले यही चैत १९ देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने पाँच लाख २० हजार विद्यार्थीका लागि आवश्यक प्रश्नपत्र पनि उत्पादन गरी सम्बन्धित परीक्षा केन्द्रमा पठाइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्