काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर शिक्षा मन्त्रालयले बोर्डलाई निर्देशन दिएको थियो । सोही अुनसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्यो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई तनाव हुन निदन छिटो नतिजा सार्वजनिक गर्न लागिएको बताए ।
उनले भने, ‘पहिलेभन्दा अहिले प्रविधि फरक भएको छ । नतिजाका लागि विद्यार्थीले किन ३ महिना कुर्नु ? तीन महिनासम्म विद्यार्थीलाई तनाव हुन्छ,’ ‘एक महिनामात्र होइन, अझ चाँडो पनि गर्न सकिन्छ ।’
७७ वटै जिल्लाका शिक्षा एकाइबाट १ महिनामा नतिजा निकाल्न सकिने सुझाव आएको मन्त्री पोखरेलले बताए ।










प्रतिक्रिया दिनुहोस्