अर्थ

डिजेल, पेट्रोल र मट्टितेलमा भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट



काठमाडौँ, २४ चैत ।  सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा लाग्दै आएको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलिय पदार्थको आयातमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।