काठमाडौँ, २९ चैत । रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा-२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।
जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको हो । रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा लड्न गएर घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्