समाचार

पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला



काठमाडौँ, २९ चैत । धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवक शव फेला परेको छ ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव आज बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड चैत्र २८ गते खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । सो घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर  र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी कार्य गरेको थियो । सो टोली बेपत्ता युवकलाई फेला नपारेपछि   गोताखोर टोली परिचालन गरिएको थियो ।

गोताखोर टोली घटनास्थलबाट करिब ४० मिटर तल झन्डै ४० मिटर गहिराइबाट उनको शव निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।