काठमाडौँ, ३० चैत । पाल्पामा खोलामा बारुदजन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा घाइते भएका ३८ वर्षीय खुमबहादुर सुनारीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार निस्दी गाउँपालिका र नवलपरासीको मध्यविन्दु नगरपालिका–१४, राइकोटेको सिमाना अरुणखोलामा माछा मार्ने क्रममा सोही गाउँपालिका–५, गल्धा गेझाका ३८ वर्षीय सुनारी घाइते भएका थिए । सुनारीको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनारीको कोखा, दाहिने खुट्टा र बाँया हातमा गम्भीर चोट लागेको थियो । अचेत अवस्थामा रहेका सुनारीलाई प्रहरीले उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । सोही स्थानका ३५ वर्षीय रोमनसिंह खरु मगरसमेत घाइते छन् । घाइते खरु मगरको अवस्था मध्यम रहेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्