काठमाडौँ, २० जेठ । तेह्रथुममा यार्सागुम्बासहित चार जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा संखुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठ रहेका छन् ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा म्याङ्लुङ नगरपालिका–६ मा रहेको भुसीने जिपटारे सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट १३ थान यार्सागुम्बा तथा ९ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बरामद सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय तेह्रथुममा बुझाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्