समाचार

७ सय ७५ विद्युतीय सवारी नियन्त्रणमा



काठमाडौँ, २१ जेठ । नेपाल-चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय  ७५ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिइएको छ । 

प्रहरीका अनुसार कास्कीदेखि मुस्ताङसम्मका सडकमा जाँच गरी बुधबार रातीदेखि बिहीबार बिहानसम्मको अवधिमा यी गाडी नियन्त्रणमा लिएको हो ।

बजेटमा विद्युतीय सवारीसाधनमा करको दर हेरफेर भएको सूचना लिक भएपछि बजेट वक्तव्य सार्वजनिक हुनु अगावै कोरला नाकाबाट भित्र्याइएका यी गाडी विभिन्न जिल्ला लैजान लागिएको र उक्त सूचनापछि सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ । 

सशस्त्र प्रहरीको टोलीलाई रातभर कोरला नाकाबाट आउने सडक खण्डमा चेकिङमा खटाइएको र त्यसक्रममा गाडी नियन्न्न्त्रणमा हो । 

बरामद गाडी नम्बर प्लेट नहालिएका हुन् ।