समाचार

सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते, चारको अवस्था गम्भीर



मकवानपुर, २३ जेठ । इन्द्रसरोवर गाउँपालिका–३, धारा ढोला (खोल्सा)मा सुमो र बोलेरो जीप ठोक्किँदा १४ जना घाइते भएका छन् ।

शनिबार कुलेखानी–दक्षिणकाली सडकखण्डमा ना१ज ७२०७ नम्बरको सुमो र बीएए ९७६८ नम्बरको बोलेरो एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी बोलेरोका चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

“घाइतेमध्ये चारजनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको छ,” प्रहरीले भनेको छ, “सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।”