काठमाडौँ, २४ जेठ । अछामको कमलबजार नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार कमलबजार नगरपालिका वडा नम्बर ७ क्वालेखस्थित सडक खण्डमा गुडिरहेको सवारी साधन दुर्घटनामा परेको हो।
सदरमुकाम मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप सडकमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेर सोही ठाउँका ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका हो ।
सोही दुर्घटनामा परेर स्थानीय मिन बहादुर भाट र बद्री भाट घाइते भएका छन् । उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेततर्फ पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्