समाचार

बैंकिङ कसुरसहित १४ वटा मुद्दाका फरार व्यक्ति पक्राउ



काठमाडौँ, २६ जेठ । बैंकिङ कसुरसहित १४ वटा मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ का ४७ वर्षीय राजु मिजार छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पक्राउ गरेको हो । 

प्रहरीका अनुसार, उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट विभिन्न मितिमा बैंकिङ कसुरका १२ र चेक अनादरका दुई गरी १४ वटा मुद्दामा जरिबाना तथा कैद सजाय तोकिएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।