काठमाडौँ, २ असार । बजारमा लिचीको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज एकैदिन लिचीको मूल्य ५४ प्रतिशत घटेको हो ।
अहिले कालीमाटी बजारमा लोकल र भारतीय गरी २ प्रकारका लिची किन्न पाइन्छ । आज स्थानीय लिचीको मूल्य प्रतिकिलो १ सय ३० रुपैयाँले घटेको छ । जुन ५४ प्रतिशतको गिरावट हो । सोमबार प्रतिकिलो २ सय ४० रुपैयाँमा किनबेच भएको स्थानीय लिचीको भाउ आज प्रतिकिलो १ सय १० रुपैयाँ कायम छ ।
यस्तै भारतीय लिचीको मूल्य स्थिर छ । भारतीय लिची आज प्रतिकिलो २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्