काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी नगरपालिका–१, टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी हुन्।
मंगलबार बिहान ७ बजे भान्जीको घर जान्छु भनी घरबाट निस्किएकी कसेरा सम्पर्कविहीन भएकी थिइन्। भान्जीको घरमा नपुगेपछि आफन्तहरूले उनको खोजी गर्ने क्रममा लेकबेसी–१, चिप्लेस्थित भेरी नदी किनारमा उनको शव फेला परेको हो ।
घटनाबारे जानकारी थप अनुसन्धान अगाडि बढिरहेको प्रहरीले जनाएको छ










प्रतिक्रिया दिनुहोस्