समाचार

खोलामा डुबेर एक बालिकाको मृत्यु



काठमाडौँ, ४ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–९, देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दहमा डुबेर देवधारकी आयुसा सदाको मृत्यु भएको हो । बालिकाको शव बुधबार राति नै परीक्षणका निम्ति उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।