अर्थ

प्याजको मूल्य बढ्यो



काठमाडौँ, ५ असार । बजारमा सुकेको प्याजको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकका अनुसार आज सुकेको प्याजको मूल्य बढेको हो ।

आज प्याजको मूल्य प्रतिकिलो औसत ४ रुपैयाँ बढेको छ । हिजो बिहीबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४७ र औसत ४५ रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने प्याजको मूल्य प्रतिकिलो थोकमा न्यूनतम ४८ देखि अधिकतम ५० र औसत ४९ रुपैयाँ कायम छ ।