समाचार

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु



बारा, ७ असार । बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित एक पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

शनिबार मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ पर्सा टोलकी ६ वर्षीया सृजनाकुमारी मण्डल र सोही ठाउँकी पाँच वर्षीया अञ्जलीकुमारी मण्डल रहेका छन् । उनी हाँस पाल्ने पोखरीमा नुहाउन गएका दुवै बालिका डुबेका थिए ।

उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पतालमा चिकित्सकले दुवै बालिकाको मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।