अर्थ

अकबरे खुर्सानीको मूल्य बढ्यो



काठमाडौँ, ७ असार । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांक अनुसार आज अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको हो ।

आज अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ५६ रुपैयाँ वृद्धि भएको छ । हिजो शनिबार उक्त खुर्सानी थोकमा प्रतिकिलो औसत २ सय २६ रुपैयाँमा किनबेच भएको थियो । आज भने अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा औसत २ सय ८२ रुपैयाँ कायम छ ।