अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।